
काठमाडौँ । नेपाली सेनाले धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान गरेर सडक आयाेजनालाई हस्तान्तरण गरेकाे छ ।
गएकाे असाेज २२ गते बूढीगण्डकी नदीमा बाढीले आरुघाटकाे मुख्य माेटरेबल पक्की पुल बगाएकाे थियाे । बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि यस सडक खण्डमा गाडी आवागमन ठप्प भएको थियो ।
सेनाले गएकाे शनिवार असाेज ३१ गतेदेखि बेलिब्रिज जडानकाे काम थालेकाे थियाे ।
झन्डै २७.४३ मिटर लम्बाइ र ४.२ मिटर चौडाइको बेलिब्रिज जडान भएसँगै धादिङ र गोरखा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज भएको छ ।
बेलिब्रिजमा आजदेखि दुईपाङ्ग्रे गाडी चल्न थालेका र भोलिदेखि चारपाङ्ग्रे गाडी पनि सञ्चालन हुने भएकाे छ ।
बेलिब्रिज सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने सेनाको विश्वास छ ।
20.18¡ÆC