रियो ओलम्पिक:राष्ट्रिय कीर्तिमान बनाउन चुकेका रिमाल पहिलो चरणबाटै बाहिरिए

भदौ १, २०७३ मा प्रकाशित | 903 views

१ भदौ, काठमाडौं ।
नेपाली एथलेटिक्स खेलाडी हरिकुमार रिमाल रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउनबाट चुकेका छन्।  ५ हजार मिटर दौड १४ मिनेट ५४ दशमलव ४२ सेकेन्डमा पुरा गरेका रिमाल राष्ट्रिय कीर्तिमान बनाउन चुक्दै ओलम्पिक पहिलो चरणबाटै बाहिरिएका छन् । नेपाल आर्मीका २८ वर्षिय रिमाल ओलम्पिकमा  राजेन्द्र भण्डारीको रेकर्ड तोड्दैनयाँ राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य पुरा गर्न सकेनन् । धावक रिमालले राजेन्द्र भण्डारीलेको रेकर्ड तोड्ने दाउमा थिए ।

५ हजार मिटर दौडमा १० वर्षअघि राजेन्द्र भण्डारीले १४ मिनेट ०१ दशमलव १९ सेकेन्डको कीर्तिमान बनाएका थिए । रिमालले  गत वर्ष १४ मिनेट ३२ दशमलव १८ सेकेण्डका साथ १२ औँ दक्षिण एसियाली खेलकुद सागमा कास्य पदक जितेका थिए । तर रिमाल रियो ओलम्पिकमा सागमा निकालेको समय निकाल्न पनि असमर्थ भए ।

२५ जना खेलाडी सहभागी हिटमा उनी २३ औं स्थानमा रहे । हरिसँग दौडिने वेलायती कीर्तिमानी खेलाडी फराहले १३ मिनेट २५ दशमलव २५ सेकेण्डको समय निकाले । हरिको हिटमा इथियोपियाका हागोस गेब्रेह्वाइट १३ मिनेट २४ दशमलव ६५ सेकेण्डको सयम निकाल्दै पहिलो भए । १३ मिनेट २६ दशमलव ०२ सेकेण्डमा दुरी पुरा गर्ने खेलाडी दोश्रो चरणका लागि छनौट भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web