SCP School मा Food Festival सम्पन्न, विद्यार्थीले सिके जीवन उपयोगी सीप र उद्यमशीलता

माघ १६, २०८२ मा प्रकाशित
Published at माघ १६, २०८२

55 views

थाक्रे (धादिङ) । शैक्षिक गतिविधिलाई कक्षा कोठाभन्दा बाहिर व्यवहारिक रूपमा अनुभव गराउने उद्देश्यसहित थाक्रे गाउँपालिका–११ स्थित Saraswati Children Park School (SCP School) मा हालै Food Festival कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यालय प्रशासनका अनुसार, कार्यक्रममा विद्यार्थीहरूको समन्वय क्षमता, सामाजिकिकरण, सर्भाइभिङ स्किल, व्यवहारिक ज्ञान र उद्यमशील (Entrepreneurial) सीप विकासमा केन्द्रित गतिविधिहरू समावेश गरिएका थिए।

कार्यक्रममा ग्यास स्टोभ, रेडिमेड तथा प्रशोधित खाद्य सामग्रीको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको थियो। विद्यार्थीहरूले आफैं योजना बनाउने, समूहमा काम गर्ने, परिकार तयार गर्ने, मूल्य निर्धारण गर्ने, बिक्री–वितरण गर्ने र ग्राहकसँग व्यवहार गर्ने जस्ता क्रियाकलापमा सक्रिय सहभागिता जनाएका थिए। यसले उनीहरूलाई पुस्तकीय ज्ञानभन्दा बाहिरको वास्तविक जीवनसँग जोडिएको सिकाइ अनुभव प्रदान गरेको विद्यालयले जनाएको छ।

विद्यालयले आफूलाई क्रियाकलापमा आधारित शिक्षामा विश्वास गर्ने संस्था बताउँदै, यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रमहरू समय–समयमा आयोजना गर्दै आएको जनाएको छ। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास, जिम्मेवारीबोध र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयको रहेको छ।

अभिभावक तथा शिक्षकहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। SCP School ले आगामी दिनमा पनि जीवन उपयोगी सीप विकासमा केन्द्रित नविन कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमलाई स्वच्छता, स्टल सजावट, परिकारको स्वाद, परिकारको विविधता तथा नाफाका आधारमा प्रतिस्पर्धात्मक बनाइएको थियो। उत्कृष्ट समूहलाई रु. १०० नगद पुरस्कार प्रदान गरिएको थियो।

विद्यालय प्रशासनका अनुसार, यस विद्यालयले मार्सल आर्टमा राष्ट्रियस्तरमा जित हाँसिल गर्दै आएको छ भने नेतृत्व विकास, पब्लिक स्पिकिङ, खोज तथा अनुसन्धान, सिर्जनशीलता बढाउन The Search of Future Leaders, The Idea Show, Project Presentation and Defence Competition, ThinkX in ThinkLab जस्ता कार्यक्रमहरू पनि आयोजना गर्दै आएको छ।

उक्त फुड फेस्टिवलमा कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूले विभिन्न १२ वटा फुड स्टल सञ्चालन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web