
नुवाकोट । विदुरमा जारी रहेको “नवौँ नुवाकोट महोत्सव–२०८२” एक दिनका लागि थप गरिएको छ ।
नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भइरहेको महोत्सव अब माघ १८ गतेसम्म चल्ने भएको हो ।
संघका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार यसअघि माघ १७ गतेसम्म सञ्चालन हुने तय भएको महोत्सव दर्शकको उत्साह र सहभागितालाई ध्यानमा राख्दै एक दिन थप गरिएको हो ।
महोत्सव माघ ७ गतेदेखि सञ्चालन हुँदै आएको छ ।
स्थानीय उत्पादन, व्यापार, संस्कृति र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा दैनिक ठूलो संख्यामा दर्शकको उपस्थिति देखिएको छ ।
17.12C