नवौँ नुवाकोट महोत्सव–२०८२ एक दिन थप

माघ १६, २०८२ मा प्रकाशित
Published at माघ १६, २०८२

73 views

नुवाकोट । विदुरमा जारी रहेको “नवौँ नुवाकोट महोत्सव–२०८२” एक दिनका लागि थप गरिएको छ ।

नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भइरहेको महोत्सव अब माघ १८ गतेसम्म चल्ने भएको हो ।
संघका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार यसअघि माघ १७ गतेसम्म सञ्चालन हुने तय भएको महोत्सव दर्शकको उत्साह र सहभागितालाई ध्यानमा राख्दै एक दिन थप गरिएको हो ।

महोत्सव माघ ७ गतेदेखि सञ्चालन हुँदै आएको छ ।

स्थानीय उत्पादन, व्यापार, संस्कृति र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा दैनिक ठूलो संख्यामा दर्शकको उपस्थिति देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web