चुनाव प्रचारमा हेलिकोप्टर प्रयोगबारेको व्यवस्था आयोगले सम्झायो

माघ १५, २०८२ मा प्रकाशित
Published at माघ १५, २०८२

68 views

काठमाडौँ । निर्वाचन आयोगले दलहरूलाई चुनावको प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोगसम्बन्धी व्यवस्था सम्झाएको छ । आयोगले आज सूचना निकालेर हरेक राजनीतिक दलका दुई जना मुख्य प्रचारकले मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्थाबारे पुनः स्मरण गराएको हो ।

आयोगका अनुसार दलहरूले आफ्ना दुई मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्छ । उनीहरूबाहेक अरूले चुनाव प्रचारका लागि हेलिकोप्टरको प्रयोग गर्न पाउने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web