त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा छुट्टाउने क्रममा सोही स्थानका रणे तामाङको मृत्यु भएको छ ।
घेवारचौर स्थित ओङ्दी शेर्पा र उनका छोरा कुन्सा ग्याल्जेन शेर्पाबीचको झगडा छुट्टाउन गएका ३३ वर्षीय रणे तामाङको लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक विक्रम लामाको अनुसार ओङ्दीको आमा चुङ्दी बिरामी भएकाले उनको स्वास्थ्य अबस्था बुझ्न पुगेका छिमेकी तामाङले सोही समयमा भइरहेको शेर्पा र उनका छोराको विवाद समाधानको लागी सम्झाउने प्रयास गरेका थिए । बाबुछोराको विवाद बढ्दै गएसगैँ बीचमा रहेर छुट्टाउन लागेका तामाङको लडेर घटनास्थलमा नै मृत्यु भएको हो । उनको शरीमा चोटपटक केही नभएको हुदाँ शवको परीक्षण पश्चात मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

शव परीक्षणको लागी आज त्रिशूली अस्पतालमा ल्याइएको छ भने घटनाको सम्बन्धमा कारबाहीको लागी अनुसन्धान गर्न प्रहरीले ५२ वर्षीय ओङ्दी शेर्पा र उनका छोरा २६ वर्षीय कुन्सा ग्याल्जेन शेर्पार्ला पक्राउ गरेको छ ।
प्रहरीले उनीहरु बिरुद्ध ‘ज्यान सम्बन्धि कसूर’मा नियन्त्रणमा राखेर अनुसन्धानको लागी आज नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ ।
13.12¡ÆC