तारकेश्वरको सबै वडामा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सम्पन्न

माघ १३, २०८२ मा प्रकाशित
Published at माघ १३, २०८२

77 views

नुवाकोट । तारकेश्वर गाउँपालिकाले गाउँपालिकाभरिका ६ वटै वडामा सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरणसँगै निःशुल्क स्वास्थ्य परीक्षण, औषधि तथा स्वास्थ्य परामर्शसहित ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रमलाई चुस्त, प्रभावकारी तथा जनगुनासोरहित रूपमा सम्पन्न गर्न गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले पञ्जीकरण शाखा र स्वास्थ्य शाखालाई आवश्यक निर्देशन दिनुभएको थियो। सोही अनुरूप दुवै शाखाको समन्वयमा माघ ६ गतेदेखि १२ गतेसम्म कार्यक्रम सञ्चालन गरिएको हो।

समयमा वृद्धभत्ता नपाउने र ज्येष्ठ नागरिकहरूले अनावश्यक झन्झट बेहोर्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यसहित अध्यक्ष अधिकारी निर्वाचित भएलगत्तै प्रत्येक तीन–तीन महिनामा वडा–वडामा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण, स्वास्थ्य परामर्श तथा वृद्धभत्ता वितरण गर्ने अभ्यासस्वरूप ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’को सुरुवात गर्नुभएको थियो।

यस कार्यक्रमबाट ज्येष्ठ नागरिकहरूलाई सेवा प्रवाहमा सहजता मिल्नुका साथै स्थानीय सरकारप्रति विश्वास थप सुदृढ भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web