सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँ नाघ्यो चाँदी तोलाको ५ हजार नजिक

पुस २७, २०८२ मा प्रकाशित
Published at पुस २७, २०८२

80 views

काठमाडौँ । सुनचाँदीको भाउ आज बढेको छ । सुन आज एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि पनि गएको पुस १३ गते सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ थियो । जुन अहिलेसम्मकै उच्च भाउ हो । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ६७ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउले कीर्तिमान बनाएको छ । चाँदी आज तोलामा ५५ रुपैयाँले बढेर तोलाको चार हजार ९ सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ४ हजार ९ सय ३५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web