काठमाण्डौमा नवयुवा आन्दोलनका १ सय ६९ जना घाइतेको वर्गीकरण

मंसिर १४, २०८२ मा प्रकाशित | 207 views


काठमाडौँ । गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनमा काठमाण्डौमा घाइते भएकाहरूको वर्गीकरण भएको छ । आजसम्म १ सय ६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिनुभयो । चार समूहमा घाइतेहरूको वर्गीकरण गरिएको बताउँदै उहाँले अतिगम्भीर घाइतेको सूचीमा १५, गम्भीर घाइतेको सूचीमा ५१, मध्यममा ३६ र सामान्य घाइतेको सूचीमा ६७ जना रहेका जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारीकोसंयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले नवयुवा आन्दोलनका क्रममा घाइते भएकाहरूको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२ का आधारमा अहिलेसम्म १ सय ६९ जनाको वर्गीकरण गरेको हो ।

प्रशासन कार्यालयले वर्गीकरण सम्पन्न गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिश पठाउने र त्यही आधारमा मन्त्रालयले निर्णय गरी घाइतेहरूको सूची अनुसार आवश्यक सेवा सुविधा र सामाजिक सुरक्षाको व्यवस्था मिलाउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web