मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्रलाल कर्ण सिफारिस

कार्तिक २५, २०८२ मा प्रकाशित | 195 views


काठमाडौँ । सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ । पदीय गरिमा विपरीत होटलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त र शपथ गराएपछि विवादमा पर्नुभएकी उहाँ बर्खास्त हुनुभएको हो ।

हिजो बिहानै भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई होटलमा शपथ गराएपछि हिजो दिनभर जनकपुरधाम तनावग्रस्त भयो । तत्कालिन मुख्यमन्त्री जितेन्द्र सोनलले शनिवार विश्वासको मत लिनेक्रममा मत विभाजन प्रकृया शुरु हुनुअगावै पदबाट राजीनामा दिनुभएको थियो ।

मन्त्रिपरिषद्को हिजो बेलुका बसेको बैठकले भण्डारीलाई पदबाट हटाउने निर्णय गर्दै लाई प्रदेश प्रमुखको रूपमा सिफारिस गरेको छ । प्रदेश प्रमुखमा सिफारिस कर्णले अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । उहाँ २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्य बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web