
काठमाडौँ । श्रीलङ्कामा भइरहेको काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
यस अघि आजै भएको पहिलो सेमिफाइनलमा घरेलु टोली श्रीलङ्कालाई हराउँदै कीर्गिस्तान फाइनलमा पुगेको छ । अब फाइनलमा नेपाल र कीर्गिस्तानबीचको खेल भोलि हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग हारेको थियो ।
17.12C