मधेश प्रदेशका मुख्यमन्त्री सोनलद्वारा पदबाट राजीनामा

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले राजीनामा घोषणा गर्नुभएको छ । उहाँले आज प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गर्नुभएको हो ।

विश्वासको मतका लागि समय लिनुभएकोमा मत नपाउने भएपछि राजीनामा घोषणा गर्नुभएको हो । उहाँले आजै प्रदेश प्रमुखको कार्यालयमा आफ्नो राजीनामा पेस गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

TOP