
नुवाकोट । एनएमबी लघुबित्त वित्तीय संस्था लिमिटेडले नुवाकोट जिल्लाको ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने दुप्चेश्वर महादेव मन्दिरमा चियर सहयोग (प्रदान) गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रम (CSR) अन्तर्गत संस्थाको धुलीखेलस्थित बागमती प्रादेशिक कार्यालयमार्फत उक्त सहयोग गरिएको हो।
संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका–८, न्युरोडबाट प्राप्त स्वीकृतिमा आधारित रही बागमती प्रादेशिक कार्यालयले मन्दिरमा दर्शन गर्न पुग्ने तिर्थयात्री तथा भक्तजनलाई विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले तीन सिट क्षमताका दुई थान चियर (कुल ६ सिट) प्रदान गरेको हो।
उक्त सामाग्री मन्दिरमा पुर्याउने कार्यमा तादी गाउँपालिका–३, खरानीटारमा अवस्थित शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। संस्थाले आफ्नो मुख्य उद्देष्य न्युनआय भएका वर्गहरुको वित्तीय आवश्यकता पहिचान गरी उनीहरुको माग अनुसारको विभिन्न वित्तिय सेवाहरु प्रदान गर्नु रहेको छ भने यसको साथै धार्मिक, सामाजिक तथा सामुदायिक क्षेत्रमा समेत सहकार्य गर्दै आएको प्रादेशिक कार्यालयले जनाएको छ।

चियर हस्तान्तरणका क्रममा आयोजित कार्यक्रममा एनएमबी लघुबित्त बागमती प्रादेशिक कार्यालयका प्रदेश प्रमुख बलराम खड्का, क्षेत्रीय प्रमुख बेदप्रसाद पौडेल, खरानीटार शाखा प्रमुख सुस्मा मिश्र, फिल्ड सहायक रमेश खत्री र देवेन्द्रबहादुर बटालाको उपस्थिति रहेको थियो। सो अवसरमा मन्दिर व्यवस्थापन समितिका तर्फबाट श्याम तामाङले सामग्री ग्रहण गर्नुभएको हो।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख खड्काले एनएमबी लघुबित्तले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण, व्यवस्थापन तथा प्रवर्धनमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्नुभयो। उहाँले मन्दिरमा प्रदान गरिएको चियरले तिर्थयात्रीलाई विश्राम गर्न सहज हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यमा संस्था संलग्न हुने प्रतिवद्धता जनाउनुभयो।
यस सहयोगले मन्दिरको व्यवस्थापन, सेवा प्रवाह तथा सौन्दर्यकरणमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

23.12C