वीरगञ्ज नाकाबाट निर्यात बढ्यो

कार्तिक २१, २०८२ मा प्रकाशित
Published at कार्तिक २१, २०८२

114 views

काठमाडौँ । गएको आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यात बढेको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २६ अर्ब ५९ करोड रुपैयाँ बराबरका सामान निर्यात भएका छन् ।

 

गएको आर्थिक वर्षमा यही अवधिमा आठ अर्ब ८४ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए । चालू आर्थिक वर्षको तीन महिनामा १३ अर्ब ९८ करोड रुपैयाँका छ करोड ७१ लाख तीन हजार तीन सय आठ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ ।

 

यसैगरी, चालू आर्थिक वर्षको तीन महिनामा दुई अर्ब सात करोड रुपैयाँ मूल्य पर्ने दुई करोड १२ लाख ४८ हजार तीन सय ८३ लिटर जुस निर्यात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.