नुवाकोटमा बैंक बित्तीय संस्था एबम बिमाका प्रमुख हरुले गरे क्लब गठन

कार्तिक १७, २०८२ मा प्रकाशित
Published at कार्तिक १७, २०८२

101 views

त्रिशूली । बैंक वित्तीय संस्था एबम बिमामा कार्यरत कर्मचारीहरुले BFI क्लब स्थापना गरेका छन्। प्रभु बैंकका शाखा प्रवन्धक सुबर्ण राज कंडेलको अध्यक्षतामा गठित क्लबमा १३ सदस्य रहनुभएको छ ।

क्लबको उपाध्यक्षमा धुर्बप्रसाद पुडासैनी (सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स ) र माधवप्रसाद अधिकारी (मुक्तिनाथ बिकाश बैक), सचिवमा जिबन बोगटी (एन एम बि बैंक), सह-सचिबमा सिरता के.सी (नेपाल इन्स्योरेन्स ), कोषाध्यक्षमा राजुमान प्रधान (ट्रस्ट माइक्रो इन्स्योरेन्स), सहकोषाध्यक्षमा बिश्वम्बरमान सिंह डङ्गोल (लुम्बिनी बिकाश बैंक) र सदस्यहरुमा कविता श्रेष्ठ (सिटिजन लाईफ इन्स्योरेन्स ), संजय पौडेल (गरिमा बिकाश बैंक), अर्तिला खतिवडा (मेरो माइक्रो फाइनान्स ), दामोदर पान्डे (एन एल जि इन्स्योरेन्स ), शुसन श्रेष्ठ (सालिको इन्स्योरेन्स ) र सम्झना दुवाडी (क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स) हुनुहुन्छ ।

बैंक बित्तीय संस्था एबम बिमामा कार्यरत कर्मचारीको हकहीत र आपसी सम्वन्ध बिस्तार गर्नको लागि क्लब गठन गरिएको माधब प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाँको अनुसार नुवाकोट क्षेत्रमा आर्थिक कारोबार गर्ने बैंक बित्तीय संस्था एबम बिमाका प्रमुखहरु बिच समन्वय, बिचारहरु आदानप्रदान गरि काम गर्न र सामाजिक कार्य गर्नको लागि क्लब गठनको आबश्यक महशुस भएकाले सोही लक्ष्य अनुरुप क्लब सञ्चालन र व्यबस्थापन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.