कांग्रेस बैठकमा सुझाव , निर्वाचन र संसद् पुनर्स्थापना दुवैमा खुला हुनुपर्छ ।

अशोज २४, २०८२ मा प्रकाशित
Published at अशोज २४, २०८२

178 views

काठमाडौँ । नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा निर्वाचनलाई पनि प्रयोग गर्ने तर संसद् पुनर्स्थापनाको विकल्प पनि खुल्ला नै राखेर जानुपर्ने धारणा आएको छ ।

शुक्रबारको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले दुवै विषयमा कांग्रेस तयार रहनुपर्ने सुझाव आएको जानकारी दिए ।

‘संवैधानिक प्रबन्ध अनुसार त यो सरकार बनेको होइन । तर निर्वाचन गर्ने तिथीमिति तोकिएको छ । कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो, जनतामा जाने कुरालाई नकार्न सकिन्न,’ उनले भने,’ जनतामा विश्वास गर्ने पार्टी हो जनतामा जाने कुरा नकार्न सक्दैनौं । तर सरकार निष्पक्ष रुपमा चुनावको वातावरण बनाउन गम्भीर देखिएको छैन । त्यसैले निर्वाचन गराउँछ कि गर्दैन हेर्नुपर्छ । संसद् पुनर्स्थापनाको बाटो पनि खुला राख्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.