विपीन जोशीको दुई वर्षअघिको भिडियो सार्वजनिक

अशोज २३, २०८२ मा प्रकाशित | 264 views


काठमाडौँ । प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको झन्डै दुई वर्षअघिको भिडियो सार्वजनिक भएको छ । हमासद्वारा सन् २०२३ को अक्टोबर ७ मा बन्धक बनाइएका विपीनको भिडियो इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले पहिलोपटक सार्वजनिक गरेको हो ।

इजरायलको रक्षा बलले बरामद गरी विपिनको परिवारलाई उपलब्ध गराएको भिडिओ अपहरणमा परेको एक महिनापछि खिचिएको विश्वास गरिएको छ । हिजो बेलुकी सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियोमा विपिनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको र ‘अर्न एण्ड लर्न’ कार्यक्रमको सिलसिलामा इजरायल आएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web