तारकेश्वरमा गाउँपालिका अध्यक्षसँग उज्यालो कार्यक्रम, ११ स्थानमा सोलार बत्ती जडान

अशोज १३, २०८२ मा प्रकाशित
Published at अशोज १३, २०८२

220 views

नुवाकोट । दशैँ पर्वको अवसरसगैँ तारकेश्वर गाँउपालिकाको विभिन्न स्थानमा गाँउपालिका मार्फत सोलार बत्ति जडान गरेर उज्यालो बनाइएको छ । तारकेश्वर गाउँपालिकामा ‘गाउँपालिका अध्यक्षसँग उज्यालो कार्यक्रम’ अन्तर्गत विभिन्न ११ स्थानमा सोलार बत्ति जडान गरिएको हो ।

गाँउपालिका अध्यक्ष शिव अधिकारी (अबिरल)ले ‘गाउँपालिका अध्यक्षसँग उज्यालो कार्यक्रम’ पालिकाको मुख्य बस्ती भएको स्थान, जहाँ रातको समयमा पनि आउजाउ भइरहेको भएकाले सुरक्षा र सहजताको लागी ‘गाउँपालिका अध्यक्षसँग उज्यालो कार्यक्रम’ मार्फत सोलार बत्ति जडान गरिएको जानकारी दिनुभयो ।

उहाँको अुनसार वडा नं २ को डाँडाखर्क, अर्चले, राम्चेडाँडो, कोलडाँडा, आरुबोटे र कात्तिके डाँडा, वडा नं ३ को कोटघर, शिवालय मन्दिर, तेर्सेपानी धारो र गौराथोक तेर्सेपानी, वडा नं ४ को बुधसिंह पोखरी शिवालय मन्दिर र वडा नं १ को सिरान टोल चोकमा पोल सहितको सोलार बत्ती जडान गरिएको छ ।

सोही कार्यक्रम अन्तर्गत गएको वर्ष पनि विभिन्न ठाउँमा सोलार बत्ती जडान गरिएका थियो । यो कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन हुने भएकाले थप माग आएका स्थान र अत्यावश्यक ठाँउहरुमा बत्ति जडान गरिने गाउँपालिका अध्यक्ष अधिकारीको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.