जालापादेवी मन्दिर परिसरमा शिव कुण्ड निर्माण

अशोज १२, २०८२ मा प्रकाशित | 383 views


नुवाकोट । नुवाकोटको धार्मिक तथा ऐतिहासिक शक्तिपीठ जालपादेवी मन्दिरमा शिव कुण्ड निर्माण गरिएको छ । विदुर नगरपालिका–५ देवीघाटमा अबस्थित प्रसिद्ध जालापादेवी मन्दिर परिसरमा स्थानीय सरोकारवालाहरुसंगको सहकार्यमा बेलकोटगढी– १३ दाङ्मै निवासी रुपक लोहनीले व्यक्तिगत लगानीमा शिव कुण्ड निर्माण गर्नुभएको हो ।

हाल अमेरिकामा नै बसोबास गर्दै आउनुभएका लोहनीले देवीघाट जालपा क्लब संगको सहकार्यमा जालपा देवी मन्दिर प्राङ्गणमा १०८ पानिको फोहोरा सहितको शिव कुण्ड निर्माण गर्नुभएको हो ।

जालपादेवी मन्दिरलाई व्यवस्थित एंव आकर्षित गर्दै धार्मिक स्थलको महत्व र प्रसिद्धको प्रचारको  लागी सुधारका प्रयास भइरहेको देवीघाट जालपा क्लबका अध्यक्ष नविन चित्रकारले जानकारी दिनुभयो । उहाँको अनुसार सरकारी तथा दाताहरुको सहयोगमा स्थानीय युवाहरुले अहिले रचनात्मक कार्य गर्दै मन्दिरको संरक्षण सहित आकर्षण र प्रचारमा जोड दिइएको छ ।

मन्दिर परिसरको बगैचालाई आकर्षण बनाइएको छ । निःशुल्क इन्टरनेट, सेल्फी स्पट लगायतका नविनतम प्रयासले अहिले जालपादेवी मन्दिरको दर्शनमा पुग्नेहरुलाई आकर्षित गरेको छ । 

मन्दिर दर्शनको लागी दशैँ पर्वको अवसरसगैँ तिर्थयात्रीको सङ्ख्या दैनिक रुपमा बृद्धि हुदै गएको छ । यस अवसरमा मन्दिर दर्शनको लागी आवागमन दैनिक एक हजार भन्दाबढी तिर्थयात्रीको सहभागिता हुने गरेको छ । जिल्ला बाहिर रहेकाहरु पनि दशै पर्वको अवसरमा घरमा आएसगैँ यही समय बनाई मन्दिर दर्शनको अवसरलाई सदुपयोग गर्दै मन्दिर दर्शनमा आउनको सङ्ख्या उल्लेख्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web