सिर्जनशील समाज सुधार युवा क्लबद्वारा दाङसिङमा बृहत सरसफाइ कार्यक्रम आयोजना

अशोज २, २०८२ मा प्रकाशित
Published at अशोज २, २०८२

431 views

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–१, दाङसिङमा सक्रिय सिर्जनशील समाज सुधार युवा क्लबले यही असोज ३ र ४ गते बृहत सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

सामाजिक क्षेत्रमा सक्रिय रहेको क्लबले चाडपर्व लक्षित अन्तरगत आफ्नो गाँउघरलाई सफासुग्घर बनाई सभ्य समाजको परिचय दिने उद्देष्यले बृहत्त सरसफाई कार्यक्रम आयोजना गरेको हो ।

क्लबका सचिव रोनिश लामा (तामाङ)को अनुसार संबिधान दिवसको अवसर समेत बनाई असोज ३ गते र शनिबार बिदाको दिन बनाई असोज ४ गते दाङसिङको विभिन्न स्थानमा सरसफाई आयोजना गरिएको छ ।

मुख्य गरेर क्बलको भवन आसपास सहितको बस्तीहरु, जब्बरेचौर रङ्गशाला, सार्वजनिक गोरेटो बाटो लगायतको क्षेत्रको सरसफाई गर्न लागिएको हो । सरसफाई कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने छ ।

“युवाहरूको बाटो कूलत र दुव्र्यसन होइन, समाज विकास र राष्ट्रको निर्माण हो” भन्ने नाराका साथ सञ्चालन हुन लागेको अभियानले वातावरण सफा राख्न र सामाजिक चेतना फैलाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।

जनप्रतिनिधि, स्थानीयबासी, विद्यार्थी, तथा युवाहरुलाई सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाउन क्लबले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.