
नुवाकोट । नेपाली काँग्रेस नुवाकोटले हालैको जेन्जी पुस्ताको आन्दोलनको क्रममा क्षतिग्रस्त भएको विपी स्मृति भवन, पाटी कार्यालयको पुनर्निर्माणका लागि आर्थिक संकलन अभियान सुरु गर्ने निर्णय गरेको छ । विदुरस्थित क्षतिग्रस्त रहेको पार्टी कार्यालयमा नै सभापति रमेशकुमार महतको अध्यक्षतामा आज बसेको ‘विशेष बैठक’ले पाटीको क्रियाशिल सदस्यसँग प्रति व्यक्ति एकसय रुपैयाँ अनिवार्य र अन्य शुभेच्छुक तथा सहयोगीहरुसंग स्वेच्छिक आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको हो ।
भदौ २४ मा भएको जेन्जी पुस्ताको आन्दोलनले विपी स्मृति भवनमा तोडफोड र आगजनी गर्दा त्यहाँ रहेका महत्वपूर्ण दस्ताबेज सहितको कागजात, फर्निचर सहितका सामाग्रिहरु जलेर नष्ट भएको थियो ।
आन्दोलनको मौका बनाई अराजक तत्वहरुबाट भएको घुसपैठमा संलग्नहरुको हुलिया संकलनको काम भइरहेकाले उनीहरु विरुद्ध कारबाहीको लागी न्यायिक निकायमा उजुरी दिने ‘विशेष बैठक’ले निर्णय गरेको पाटी सचिव श्रीराम श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधिको गम्भीर भत्र्सना गर्दै यही भदौ २४ गते सिंहदरबार सहितको प्रशासनिक निकाय, सर्वोच्व अदालत सहितको न्यायालयहरु, ऐतिहासिक संरचना, संघसंस्था र निजी सम्पत्तिमा आगजनी तथा लुटपाटका घटनाको घोर भर्सना र निन्दा गरिएको छ । उक्त घटनामा संलग्न अराजक व्यक्तिहरुलाई तत्कालै पक्राउ गरेर कानुनी कारबाही गर्न पनि माग गरिएको बैठक पछि पाटी सचिव श्रीराम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको अनुसार पाटीले जेन्जी आन्दोलनको क्रममा घाइते हुनुभएका आफ्नो पाटी सभापति शेरबहादुर देउवा सहित सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । उक्त घटनामा ज्यान गुमाएका व्यक्ति प्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति दिन पनि नुवाकोट काग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । घाइतेहरुको प्रभावकारी र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन माग गरेको छ ।
पार्टी सचिव श्रीराम श्रेष्ठको अनुसार जनआन्दोलनबाट प्राप्त गणतन्त्र र संविधानको संस्थागत संरक्षण गर्नु पार्टीको दायित्व रहेकाले आगामी दिनमा केन्द्रीय कार्यसमितिबाट प्राप्त निर्देशन अनुसार अघि बढ्ने निर्णय गरिएको छ ।
16.12¡ÆC