देशभर चल्यो गाडी, यात्रुलाई भयो सहज

भदौ २८, २०८२ मा प्रकाशित | 256 views


काठमाडौ । जेनजीको बिरोध प्रदर्शनका कारण पछिल्लो चार दिनदेखि बन्द रहेको देशभरको सार्वजनिक सवारीसाधन आजदेखि सञ्चालन भएको छ ।

नुवाकोट सहित काठमाडौँ उपत्यकामा आज बिहानैदेखि सार्वजनिक बस, ट्याक्सीलगायत सवारीसाधन सञ्चालनमा आएको हो । जेनजीको प्रदर्शनका कारण गत भदौ २४ गतेदेखि देशभर नै सार्वजनिक सवारीसाधन सञ्चालन रोकिएको थियो ।

अहिले निर्बाध रुपमा सञ्चालन भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँको अनुसार गाडीहरु सञ्चालनमा आएको र यात्रुहरुको आउजाउ बाक्लो भएको छ ।

यही भदौ २३ गतेको बिरोध प्रदर्शन पश्चात थप चर्किएको आन्दोलनको कारण भदौ २४ गते मंगलबारदेखि काठमाडौ उपत्यका लगायत देशभर नै भएको बिरोध प्रदर्शन एंव निषेधाज्ञा र कर्फ्युको कारण चार दिन सार्वजनिक सेवा दिने गाडीहरु बन्द हुदाँ यात्रुको दैनिक जनजीवन प्रभावित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web