संबिधानको अग्रगामी संशोधनबाट समस्याको समाधान खौजौ : माओवादी केन्द्र नुवाकोट

भदौ २७, २०८२ मा प्रकाशित
Published at भदौ २७, २०८२

482 views

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति नुवाकोटले जेनजी पुस्ताका युवाहरुको आन्दोलन पछि उत्पन्न राजनीतिक गतिरोधको अन्त्य अहिलेको संबिधान मार्फत नै खोज्नुपर्ने जनाएको छ ।

जेन्जी पुस्ताका युवाहरुले उठाएका जायज मागमा समर्थन जनाउदै आन्दोलन पश्चात अहिले उत्पन्न भएको राजनीतिक गतिरोधको अन्त्य संबिधानको अग्रगामी संशोधनबाटै गर्न सकिने सुझाब दिएको हो ।

नेकपा माओवादी केन्द्र नुवाकोटका इञ्चार्ज हिरानाथ खतिवडा र संयोजक पुष्प लामिछाने मार्फत जारी गरिएको विज्ञप्तीमा जेन्जी युवाले उठाएको मागका सम्बन्धमा राष्ट्रपतिबाट पारदर्शी रुपमा संबिधानको परिधिभित्र रही आवश्यकताको सिद्धान्तको आधारमा समस्या समाधानको लागी भइरहेको प्रयासको स्वागत गरिएको छ । अहिलेको लोकतन्त्रको विकल्प अझ उन्नत र समुन्नत लोकतन्त्र तथा गणतन्त्रको विकल्प अझ सुदृढ र जनमुखी गणतन्त्र मात्रै रहेको स्पष्ट बनाउदै माओवादी केन्द्र नुवाकोटले उत्पन्न समस्याको समाधान वर्तमान संबिधानको अग्रगामी संशोधनबाटै हुने जनाएको हो ।

जेन्जी पुस्ताका युवाहरुको आन्दोलनमा भएको प्रहरी दमन प्रति तत्कालीन सरकार नै जिम्मेवार रहेको उल्लेख गरिएको छ । जेन्जी युवाहरुको बिरोध प्रदर्शनको क्रममा यही भदौ २४ गतेको आन्दोलनमा भएको घुसपैठ मार्फत माओवादी केन्द्रको जिल्ला पाटी कार्यालय, पोष्टबहादुर बोगटी स्मृती पार्क पिपलटार सहित नेपाली काँग्रेस र नेकपा एमालेको पाटी कार्यालय, काँग्रेस नेता अर्जुननरसिंह केसीको घर लगायतमा आगजनी गर्दै क्षति पु-याइएको थियो ।

आन्दोलनको क्रममा क्षति पुगेका सार्वजनिक सम्पत्ति, सरकारी कार्यालय, पाटी कार्यालय, व्यक्तिको निजी सम्पत्ति सहित व्यापारिक क्षेत्रमा भएको आगजनीको न्यायिक छानबिन मार्फत दोषीलाई कारबाही गर्न पनि माग गरिएको छ ।

अहिलेको राजनीतिक समस्या उत्पन्न हुनुमा आफ्नो माओवादी केन्द्र र पाटीका नेताहरुमा रहेको कमजोरी सच्याएर अघि बढ्न तयार रहेको विश्वास दिलाएको छ । अहिलेको विषम परिस्थितीमा समाजमा हुने अराजक तथा आपराधिक गतिविधि रोक्न र बजारमा हुनसक्ने कालोबजारी र तस्करी नियन्त्रण गर्नका लागी पहल गर्न पनि विज्ञप्ती मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

हेर्नुहोस विज्ञप्ती :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.