चौतर्फी हमला पछि प्रधानमन्त्री ओलीले बोलाए सर्वपक्षीय बैठक

भदौ २४, २०८२ मा प्रकाशित | 153 views


काठमाडौ । जेनजीको नेतृत्वमा जारी रहेको आन्दोलन अहिले देशभर चलिरहेको छ । सरकारको दमनकारी नीतिले धेरै युवाले ज्यान गुमाएपछि अहिले दलका नेताहरुको घरघरमा आगो लगाउने, उनीहरु माथी आक्रमणको घटना भइरहेको छ ।

ज्यान बचाउन नेताहरुलाई धौधौ भइरहेको छ । यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ः०० बजेका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज अपिल जारी गर्दै हिजो सोमबार राजधानी र देशका विभिन्न भागमा भएका प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःख व्यक्त गर्दै “कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादका माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो”, भन्नुुभएको छ ।

प्रधानमन्त्री ओलीले अहिलेको उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु । त्यसैको लागि आज साँझ ६ः०० बजे संर्वदलीय बैठक आह्वान गरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले “सम्पूर्ण दाजुुभाइ दिदीबहिनीहरुलाई यो विषम परिस्थितिमा संयम रहन पनि अनुरोध गर्नुभएको छ ।

प्रधानमन्त्री, मन्त्री, दलका नेताहरु देश नै छाडेर भाग्नुपर्ने अबस्था आइरहेको समयमा उहाँले सर्वदलीय बैठक ढिलो गरेर आज साझको लागी बोलाउनुभएको छ । उक्त अवधिसम्म नेताहरुको अबस्था के होला अनुमान गर्नै नसकिने गरेर देशको माहोल बिग्रदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web