एएफसी यु–२३ एसियन कप छनोट खेलमा ताजकिस्तानसँग नेपाल पराजित

भदौ १९, २०८२ मा प्रकाशित | 448 views


काठमाडौँ । एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा गए राति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल ४–० गोलले पराजित भएको हो ।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक एक गोल गरेका अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आगामी शनिबार अर्को खेल नेपाल र सिरियाबीच हुनेछ । बुधबारको खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले पाखा लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web