नेपालसँगको मैत्रीपूर्ण फुटबल खेल खेल्न बङ्गलादेशको टोली आज आउँदै

भदौ १८, २०८२ मा प्रकाशित
Published at भदौ १८, २०८२

223 views

काठमाडौँ ।नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको टोली आज काठमाण्डौ आउँदैछ । बङ्कलादेशी टोली दिउँसो ३ बजे नेपाल आइपुग्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । यी दुई टोलीले यही भदौ २१ र २४ गते त्रिपुरेश्वरको दशरथ रङ्गशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछन् ।

नेपालले यो मैत्रीपूर्ण खेलका लागि आफ्नो २३ सदस्सीय टोली घोषणा गरिसकेको छ । बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि तयारी पूरा भएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) ले जनाएको छ ।

यस्तै एन्फाले मैत्रीपूर्ण फुटबलका लागि टिकट मूल्यका बारेमा पनि जानकारी गराएको छ । टिकट मूल्य सामान्य पारापिटतर्फ पाँच सय र भीआईपी पारापिटतर्फ एक हजार रुपैयाँ एन्फाले निर्धारण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.