कृषि विकास कार्यालय र पशु सेवा कार्यालयको बजेट र योजना तथा कार्यक्रम सार्वजनिक

भदौ १६, २०८२ मा प्रकाशित | 257 views


नुवाकोट । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विकास कार्यालय र पशु सेवा कार्यालय, ढुङ्गे, नुवाकोटको संयुक्त आयोजनामा गत आ.व. २०८१/८२ को वार्षिक प्रगति समीक्षा तथा चालु आ.व. २०८२/८३ को वार्षिक कार्यक्रम सार्वजनिकरण गोष्ठी सम्पन्न भएको छ ।

पशु सेवा कार्यालय, ढुङ्गेको सभाहलमा भएको कार्यक्रममा कार्यक्रममा जिल्ला समन्वयन समितीका प्रमुख रजिन्द्रबिक्रम सिंह ठकुरी, कृषि विकास कार्यालयका प्रमुख केशव खनाल, पशु सेवा कार्यालयका प्रमुख डा. निशान्त शर्मा गेलाल, नुवाकोटको विभिन्न स्थानिय तहका अध्यक्ष्य उपाध्यक्ष, सम्बन्धित शाखाका कर्मचारी लगायतको सहभागितामा गष्ठी सम्पन्न गरिएको हो ।

कार्यक्रममा विगत वर्षको कार्य सम्पादन, देखिएका समस्या र समाधानका उपायबारे विस्तृत छलफल गर्दै आगामी वर्षका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन जोड दिइएको छ ।

कृषि विकास कार्यालयका प्रमुख केशव खनालले प्रस्तुत गर्नुभएको बजेटमा चालु आ.व.का लागि कृषि विकास कार्यालयमार्फत कुल ७ करोड ६ लाख ७३ हजार रुपैयाँ विनियोजन भएको छ भने त्यस मध्ये ४ करोड ९६ लाख १३ हजार रुपैयाँ कार्यक्रम बजेटका लागि छुट्याइएको छ ।

यस अन्तर्गत साना सिंचाइ, उच्च मूल्य कृषि उपज प्रवर्धन कार्यक्रम, मागमा आधारित जीविकोपार्जन सहयोग कार्यक्रम, उद्यमशीतला प्रवर्द्धन, संरक्षित संरचनामा तरकारी खेती प्रवर्द्धन तथा स्थानीय तहसँग समन्वयमा एक वडा एक कृषि उत्पादन कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै, पशु सेवा कार्यालयले पनि योजना तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

गोष्ठीले कृषि विकास र पशु पालन सम्बन्धी कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने तथा स्थानीय स्तरमा प्रत्यक्ष लाभ पुग्ने खालका गतिविधिहरूलाई प्राथमिकतामा राख्ने निर्णय गरेको कृषि विकास कार्यालयका प्रमुख केशब खनालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web