नेपाल मोर्डन पेन्टाथलोन संघ नुवाकोटको अध्यक्षमा प्रज्वल सापकोटा चयन

भदौ ११,  नुवाकोट । नेपाल मोर्डन पेन्टाथलोन संघ नुवाकोटको जिल्ला कार्यसमितिको अध्यक्षमा प्रज्वल सापकोटा सर्वसम्मत चयन भएका छन्। बुधवार विदुरमा सम्पन्न अधिवेशनबाट सापकोटाको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ र नेपाल मोर्डन पेन्टाथलोन संघकी केन्द्रीय उपाध्यक्ष इन्दिरा निरैलाको उपस्थितिमा सम्पन्न भेलाले उपाध्यक्षमा रुपक पौडेल, सचिवमा प्रशन्न थिङ, कोषाध्यक्षमा अपेक्षा प्याकुरेललाई चयन गरेको छ।

त्यस्तै, सदस्यमा सुवास पाण्डे, राजनप्रसाद अधिकारी र पुष्पा धमला चयन भएका छन्। केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिमा प्रज्वल सापकोटा र सुवास पाण्डे चयन भएका छन्।

अध्यक्ष सापकोटाले निर्वाचित भएपछि प्रतिक्रिया दिंदै भने, “खेलकुद क्षेत्रको समृद्धिका लागि हामी प्रतिबद्ध भएर लाग्नेछौं। नेपाल मोर्डन पेन्टाथलोन संघ विभिन्न पाच विधाका खेलहरुको काउन्सिल भएकाले यसमा आबद्ध भएका खेल क्षेत्रको विकासका लागी नियमित प्रतियोगिता, खेलाडीको उत्पादनको लागी प्रशिक्षण तथा प्रतियोगिताहरु सञ्चालन गर्ने छौ ।  ”

नेपाल मोर्डन पेन्टाथलोन संघ Athletics– एथलेटिक्स, Swimming – पौडी, Shooting – निशाना लगाउने-शूटिङ, Fencing – तरवारबाजी र Obstacle – बाधा दौड-अवरोध पार गर्ने खेलहरुको काउन्सिलको रुपमा रहेको छ ।

कार्यक्रममा खेलप्रेमी, प्रशिक्षक, संघसंस्थाका प्रतिनिधि र युवाहरुको उपस्थिति थियो

प्रतिक्रिया

TOP