साफ यू -१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

भदौ ८, २०८२ मा प्रकाशित | 256 views


काठमाडौँ । साफ १७ वर्षमूनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो तेश्रो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ ।

यसअघि आफ्नो दोश्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग हारेको थियो । यो प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले आउँदो बुधवार बङ्गलादेशसँग, शुक्रवार भारतसँग र भदौ १५ गते आइतवार भूटानसँग खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web