रियो,साउन २३ । ओलम्पिककी कान्छी खेलाडी गौरिका सिंह आफ्नो हिट्समा पहिलो भएपनि हिट चरणबाटै बाहिरिएकी छिन्। हिट नम्वर वानमा समाओ र कोसोभोकी खेलाडीसँग प्रतिस्पर्धा गरेकी गौरिका तीन खेलाडी मध्ये पहिलो स्थानमा रहन भने सफल भइन्। गौरिकाले १ मिनेट ८.४५ सेकेण्डको समय निकालिन्। यसअघि उनको १ मिनेट ७.३१ सेकेण्डको राष्ट्रिय कीर्तिमान थियो। हिट वानमा समाओकी अफोअ १ मिनेट ८.७४ सेकेण्डका साथ दोस्रो तथा कोसोभाकी रिता जेकिरी १ मिनेट १२.३१ सेकेण्डका साथ तेस्रो स्थानमा रहिन्।

कुल ३४ खेलाडीले प्रतिस्पर्धा गरेको यस स्पर्धामा नेपालकी गौरिका समग्रमा ३१ औं स्थानमा रहिन्। उनीभन्दा पछाडि उनकै हिटमा स्विम गरेकी समाओ र कोसोभोका साथै केन्याका खेलाडी मात्र रहिन्। उनी आफ्नो राष्ट्रिय कीर्तिमान तोड्न भने १ दशमलव १४ सेकेन्डले चुकिन्। ६ महिनाअघि भारतको पूर्वोत्तर राज्य गुवाहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा उनले १ मिनेट ०७ दशमलव ३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।

हिट्समा उनले सामाओकी इभिलिनालाई ० दशमलव २९ सेकेन्डले पछि पारेकी थिइन्। इभिलिनाले १ मिनेट ०८ दशमलव ७४ सकेन्डमा दुरी पुरा गरेकी थिइन्। पहिलो पल्ट ओलम्पिक खेलिरहेको कोसोभोकी २० वर्षीय जेकिरीले १ मिनेट १२ दशमलव ३१ सेकेन्डमा दुरी पुरा गरेकी थिइन्।

20.12¡ÆC