रियो, साउन २३ । ओलम्पिककी कान्छी खेलाडी गौरिका सिंह आफ्नो हिट्समा पहिलो भएकी छन्। १३ वर्ष २ सय ५५ दिनमा ओलम्पिक खेल्न लागेकी गौरिकाले आइतबार राति भएको खेलमा आफ्नी प्रतिद्धन्द्धी कोसोभोकी रिता जेकिरी र सामाओकी इभिलिना अफोआलाई पछाडि पारेकी हुन् । उनले नेपाली समयअनुसार ९ बजेर ४७ मिनेटमा सय मिटर ब्याकस्ट्रोकतर्फ प्रतिस्पर्धा गरेकी थिईन् । रियो ओलम्पिककी सवैभन्दा कान्छी खेलाडी गौरिकाले सय मिटर ब्याकस्ट्रोक १ मिनेट ८ दशमलव ४५ मिनेटमा पुरा गरिन्। उनी आफ्नो राष्ट्रिय कीर्तिमान तोड्न भने १ दशमलव १४ सेकेन्डले चुकिन्। ६ महिनाअघि भारतको पूर्वोत्तर राज्य गुवाहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा उनले १ मिनेट ०७ दशमलव ३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।

हिट्समा उनले सामाओकी इभिलिनालाई ० दशमलव २९ सेकेन्डले पछि पारेकी थिइन्। इभिलिनाले १ मिनेट ०८ दशमलव ७४ सकेन्डमा दुरी पुरा गरेकी थिइन्। पहिलो पल्ट ओलम्पिक खेलिरहेको कोसोभोकी २० वर्षीय जेकिरीले १ मिनेट १२ दशमलव ३१ सेकेन्डमा दुरी पुरा गरेकी थिइन्।

सय मिटर ब्याकस्ट्रोकमा स्वर्णंका लागि ३४ खेलाडीले भाग लिदैछन्। अघिल्लो चरण प्रवेशका लागि गौरिकाले अन्य खेलाडीको प्रदर्शनमा भर पर्नु पर्नेछ। राम्रो समयमा पौडिने १६ खेलाडीले सेमिफाइनलमा स्थान पाउने छन्।

20.12¡ÆC