नुवाकोट जिल्लास्तरीय 4th NUFC फुटसल प्रतियोगिता सुरु

साउन २८, २०८२ मा प्रकाशित | 601 views


नुवाकोट । नुवाकोट युनाइटेड फुटबल क्लब (NUFC) को आयोजनामा विदुर नगरपालिका–४, बट्टारस्थित NUFC फुटसल ग्राउन्डमा नुवाकोट जिल्लास्तरीय 4th NUFC फुटसल प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यमा गरिएको हो। कार्यक्रममा उहाँले सहभागी ३६ छात्र र १४ छात्रा टिमलाई अनुशासित, मर्यादित र स्वच्छ प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गर्नुभयो। आंशिक अर्थात न्यून सरकारी सहयोगमा क्लबको तर्फबाट विगतदेखि नै सञ्चालन गर्दै नियमित सहित व्यवस्थित रुपमा सञ्चालन गरिदै आएको प्रतियोगितालाई आवश्यक सहयोग साथ रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

  • ३३ विद्यालयका ५० टिमको सहभागिता, नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन ।
  • २८ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल ३० गते हुने ।

आयोजक एनयुएफसीका अध्यक्ष रामकुमार कोइरालाको सभाध्यक्षतामा सञ्चालित उद्घाटन कार्यक्रममा नगर उपप्रमुख प्रभा बोगटी, विदुर–१ का वडा अध्यक्ष लेनिन रञ्जित, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ, नगर खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्तगिरी तथा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक र खेलाडीहरूको उपस्थिति रहेको थियो।

प्रतियोगितामा जिल्लाभरका ३३ विद्यालयबाट प्रतिनिधित्व रहेको एनयुएफसीका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिनुभयो । आयोजकले प्रतियोगितामार्फत विद्यार्थीहरूमा खेलप्रतिको रुचि, अनुशासन र टीमवर्क प्रवर्द्धन हुने विश्वास लिएको छ।

प्रतियोगिता विद्यालयस्तरको खेल प्रतिभा उजागर गर्न र फुटबलको माध्यमबाट सामाजिक एकता सुदृढ गर्न आयोजना गरिएको आयोजक एनयुएफसीका सचिव रबिन्द्र भुजेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट हुने महिला र पुरुष दुवै टिमको पहिलो र दोश्रोलाई शिल्ड मेडल र प्रमाण सहित नगद रुपैयाँ समेत उपलब्ध गराउने जनाएको छ ।

यस्तै सहभागी सबै बिद्यालयले मायाको चिनो पाउनेछन् भने उत्कृष्ट गोल किपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीको लागी शिल्डको समेत प्रबन्ध गरिएको छ ।

प्रतियोगितामा सहभागी भएका विद्यालयको विवरण र खेल तालिका निम्न अनुसार रहेको छ :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web