भारत लगेर मिर्गौला निकालिएको घटनामा नुवाकोटका दुईजना पक्राउ

साउन २२, २०८२ मा प्रकाशित | 690 views


नुवाकोट । नेपाली युवालाई भारत पुर्‍याएर मिर्गौला निकालिएको प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–९ घर भएका २४ वर्षीय समिर नेपाली र ४७ वर्षीय राकेश नेपाली रहेको प्रहरीले जनाएको छ ।

यही घटनामा काभ्रेको पाँचखाल नगरपालिका–१० का ३५ वर्षीय कुमार भनिने राजकुमार परियार यसअघि नै पक्राउ परिसकेका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काभ्रेका कुमारसंग लिएको बयानको आधारमा नुवाकोटका थप दुई जनालाई पक्राउ गरेको एसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

प्रहरीले यस सम्बन्धमा थप विवरण पछि सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web