तारकेश्वर गाँउपालिका–६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन

साउन १९, २०८२ मा प्रकाशित | 224 views


नुवाकोट । तारकेश्वर गाँउपालिका वडा नं ६ का अध्यक्ष नारायणप्रसाद रिमालको आज बिहान निधन भएको छ । ज्वरो र निमानियाले स्वास्थ्य प्रतिकुल भएसगैँ वीर अस्पताल काठमाडौमा उपचारको क्रममा ४४ वर्षका रिमालको निधन भएको हो ।

गत जेठमा पत्थरीको शल्यक्रिया पश्चात नियमित स्वास्थ्य जाँच गराउदै आउनुभएका उहाँलाई पछिल्लो एक सातादेखि ज्वरो र निमोनियाले समस्या बनाएको थियो । नेकपा (एमाले) नुवाकोटको सचिवालय सदस्य समेत रहनुभएका रिमाल यसअघि विसं २०७४ को निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुनुहुन्थ्यो ।

उहाँको निधन प्रति श्रद्धाञ्जली प्रकट गदै तारकेश्वर गाँउपालिकाले आज शोक बिदा दिएको छ । गाँउपालिका अध्यक्ष शिव अधिकारी (अबिरल)ले शोक बक्तव्य जारी गर्दै वडाध्यक्ष एवम् कार्यपालिका सदस्य रिमालको निधनमा आज ‘तारकेश्वर शोकको दिन’ घोषणा गर्दै गाँउपालिका, वडा कार्यालयहरु, सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुमा शोक बिदा दिएर राष्ट्रिय झण्डा आधा झुकाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web