भारत लैजान लागेका सात जना नेपाली किशोरीको उद्धार

साउन १७, २०८२ मा प्रकाशित | 298 views


काठमाडौँ । वैदेशिक रोजगारीको बहानामा भारत पुर्‍याएका सात नेपाली किशोरीलाई झापाको सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरुलाई भारत पुर्‍याउने दुई जना पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताउनुभयो ।

उद्धार गरिएका किशोरी सङ्खुवासभा जिल्लाका हुन् । किशोरीलाई भारत पुर्‍याउनेमध्ये एक जना दार्जिलिङको तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ रहेका छन् भने अर्का सङ्खुवासभाको मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेका छन् ।

उनीहरुले वैदेशिक रोजगारका लागि हङ्कङ लैजाने भनेर उनीहरुलाई नेपालको पूर्वीनाका काँकडभिट्टा हुँदै सीमावर्ती भारतीय पानीटङ्की नाका पुर्‍याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web