पञ्चकन्या गाउँपालिकामा तीन दिन राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन हुने

साउन १५, २०८२ मा प्रकाशित | 256 views

पञ्चकन्या गाउँपालिकामा तीन दिन राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन हुने

नुवाकोट । पञ्चकन्या गाउँपालिकामा नागरिकका लागि राष्ट्रिय परिचयपत्र बनाउने उद्देश्यले तीन दिने शिविर सञ्चालन हुने भएको छ। गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय विदुरको सहकार्यमा शिविर सञ्चालन गरिन लागेको हो।

शिविर साउन २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ। साउन २३ र २४ गते पञ्चकन्या गाउँपालिका कार्यालय, लाकुरीभञ्याङमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । अन्तिम दिन साउन २५ गते दुई ठाँउमा सञ्चालन हुने भएको छ । २५ गते बिहान ८ देखि १ बजेसम्म वडा न. ४ को ठकुरी टोलमा सञ्चालन हुनेछ भने दिउसोँ १ बजेदेखि पञ्चकन्या–४ कै थप्रेक स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने छ ।

पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर लामा (रमेश)ले नागरिकको पहुँचमा सेवा पुर्‍याउन गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको बताउनुभयो। उहाँले भन्नुभयो, “राष्ट्रिय परिचयपत्र अब अनिवार्य बनेको छ, त्यसैले गाउँमै सेवा पु-याएर सबै नागरिकलाई समेट्ने हाम्रो उद्देश्य हो।”

उहाँको अनुसार, गाउँपालिकाले प्रशासनिक सहजता र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै विभिन्न वडामा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै जानेछ।

यो शिविर सामाजिक सुरक्षा भत्ता प्राप्ती गर्ने ज्येष्ठ नागरिकहरुहरु, अति अशक्त अबस्थामा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत हिराधन राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web