नुवाकोट । नेपाली काँग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) ले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाउनुभएको छ ।
आज भएको मत विभाजनमा उहाँको पक्षमा १५ जना र प्रदेशसभा सदस्य इन्द्र बानियाँका पक्षमा २२ जनाले समर्थन जनाउनुभएको हो । योसँगै मुख्यमन्त्री लामा विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ ।
उहाँविरुद्ध यही गत शुक्रवार अविश्वासको प्रस्ताव दर्ता भएको थियो । नेपाली काँग्रेस वाग्मती प्रदेश संसदीय दलमा ३७ जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।
नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलमा विश्वासको मतको पक्षमा समर्थन गर्ने सांसद
१) ईन्द्रबहादुर बानियाँ
२) शिवराज अधिकारी
३) कञ्चनचन्द्र वादे
४) दिपेन्द्र श्रेष्ठ
५) पुकार महर्जन
६) बिनु रायमाझी पौडेल
७) यमुना देवी श्रेष्ठ
८) उर्मिला नेपाल केसी
९) शान्ता ढकाल
१०) प्रभात तमाङ
११) छिरीङ्ग दोर्जे लामा
१२) मीना पराजुली
१३) याङ्किला शेर्पा
१४) मीन कृष्ण महर्जन
१५) बिमल ठकुरी
१६) मदुकुमार श्रेष्ठ
१७) सुरजचन्द्र लामिछाने
१८) सुरेश श्रेष्ठ
१९) श्रीराम लामिछाने
२०) सुना परियार
२१) श्यामबहादुर खड्का
२२) कृष्णबहादुर तामाङ
विश्वासको मतको बिपक्षमा समर्थन गर्ने सांसदहरू
१) बहादुरसिंह लामा तामाङ
२) कुन्दनराज काफ्ले
३) उत्तम जोशी
४) लक्ष्मी श्रेष्ठ
५) रमेशकुमार महत
६) हरिप्रभा खड्गी
७) रामकुमार पहाडी
८) छेत्रबहादुर बम्जन
९) गिता गुरूङ
१०) मसिना खड्का
११) तिर्थ लामा
१२) रामकृष्ण चित्रकार
१३) माया श्रेष्ठ
१४) गोविन्द लम्साल
१५) समिता खड्गी

ताजा समाचारहरू