बाढी पहिरोले अबरुद्ध सडक खुलाउन अध्यक्ष अधिकारी सक्रिय, मानेडाँडा–दाङसिङ सडक सुचारुको प्रयास जारी

साउन ६, २०८२ मा प्रकाशित | 211 views


नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’को निर्देशनमा गाँउपालिकाको विभिन्न स्थानका मुख्य मुख्य सडक खण्ड सञ्चालनको लागी हेभी उपकरण प्रयोग गरेर काम अघि बढाइएको छ ।

अध्यक्ष अधिकारीको निर्देशन अनुसार गाउँ प्रहरी सहितको टोलीले वडा नं ५ को मानेडाँडादेखि वडा नं. १ को दाङसिङसम्म वर्षाले असहज बनाएको सडकमा ठाउँठाउँमा कच्ची नाली र ठाउँठाउँमा अस्थायी ग्राभेलसहित मर्मतको काम सुरु गरेको हो ।

वर्षायाममा ठाउँठाउँमा हुने अवरोध पन्छाउन र बिग्रिएका सडक तत्काल मर्मत गरी आवागमन सहज बनाउनका लागि गाउँपालिकाले स्काभेटरसहितको मर्मत टोली तयारी अबस्थामा राखिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

कुनै पनि गाउँटोलमा बाढीपहिरोले कुनै अवरोध भएमा सम्भव भएसम्म स्थानीय स्तरमै मर्मत गर्न र सम्भव नभए तत्कालै गाउँपालिकामा खबर गर्न सम्पूर्ण तारकेश्वरवासीलाई अध्यक्ष अधिकारीले आग्रह गर्नुभएको छ ।

स–साना अवरोध र भूक्षय भएका ठाउँमा तत्कालै मर्मत गर्न सके ठुलो क्षति हुनबाट जोगिने र वर्षायाममा पनि यात्रा सहज हुने भएकाले वर्षाकै बिच पनि निरन्तर मर्मतको कामलाई जारी राखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web