उपाधिका लागि आज नेपाल र सिङ्गापुर खेल्दै

असार २१, २०८२ मा प्रकाशित
Published at असार २१, २०८२

270 views

काठमाडौँ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र सिङ्गापुर खेल्दैछन् । यो खेल मलेशियाको बाङ्गीमा अहिले बिहान पौने ८ बजे शुरू हुनेछ ।

नेपालले सेमिफाइनलमा घरेलु टोली मलेशियालाई नौ विकेटले हराएको थियो । यस्तै सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेको हो । नेपाल र सिङ्गपुर एउटै समूह ‘ए’ मा थिए ।

समूह चरणको खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । यो समूहबाट नेपाल शीर्ष र सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका थिए । नेपाल १६ वर्षमूनीको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web