अध्यक्ष अधिकारीबाट वडा नं. ५ मा निर्माणाधीन आयोजनाको निरीक्षण

असार १६, २०८२ मा प्रकाशित | 259 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी ‘अविरल’सँगै गाउँपालिकाको प्राविधिक टोलीले वडा नं. ५ मा निर्माणाधीन ४ वटा आयोजनाको निरीक्षण गर्नुभएको छ ।

अध्यक्ष अधिकारीसँगै निरीक्षणमा गएको टोलीले छापदाङ कालीमाटी-सडकको पक्की नाला र ग्राभेलसहितको स्तरोन्नति, छापदाङ नवज्योति स्कुलदेखि कालीमाटी जोड्ने बाटोको ढलान, कटिङ र मेसिनरी वालसहितको स्तरोन्नति, छापदाङमा तारकेश्वर गाउँपालिकाकै गौरवको आयोजनाको रुपमा निर्माणाधीन तामाङ संग्राहलय भवन र मानेडाँडामा निर्माणाधीन स्वास्थ्य केन्द्र भवनको अनुगमन निरीक्षण गरिएको हो ।

निरीक्षणका क्रममा अध्यक्ष अधिकारीले समय र गुणस्तर दुवै पक्षमा ध्यान दिएर यथाशिघ्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web