
नुवाकोट । अबिरल वर्षासगैँ आएको खोलाबाढीले घरमा क्षति पु-याउदा नुवाकोटको ककनी गाँउपालिका–१ कागतीगाँउ स्थित भसीबुमा एक महिला बेपत्ता हुनुभएको छ ।
गएराती बिमचा खोल्सी (कोल्पु खोला) मा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिक्रम लामाले जानकारी दिनुभयो ।
उहाँको अनुसार लेदो र ग्रेगान सहितको खोलाबाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएकाले खोजी भइरहेको छ । उहाँको श्रीमान ३६ वर्षीय अशोक बलामी घाइते भएकाले काठमाडौमा उपचार भइरहेको छ ।
बाढीले उक्त घरमा क्षति पुराएको छ भने स्थानीयको थप तीन वटा गोठमा पनि क्षति पु-याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको ककनी गाँउपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो ।
हराइरहेको महिलाको खोजी, वस्तीमा पसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपाय सहित घरमा रहेका सामाग्रिको उद्धारका लागी सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयले प्रयास जारी राखेका छन् ।

22.73¡ÆC