असार ७ गते शनिबार दुप्चेश्वरमा राष्ट्रिय परिचयपत्र शिविर

असार ६, २०८२ मा प्रकाशित | 257 views

नुवाकोट । यही असार ७ गते दुप्चेश्वर गाँउपालिकाको कार्यालय समुन्द्रटारमा राष्ट्रिय परिचयपत्रको आवेदन संकलन शिविर सञ्चालन हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटसंगको सहकार्यमा दुुप्चेश्वर गाँउपालिकाको कार्यालयमा शिविर सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिनुभयो । उक्त शिविरमा विशेष गरेर ७० वर्ष माथीका ज्येष्ठ नागरिकहरु र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्तीको लागी अहिले राष्ट्रिय परिचयपत्र नं अनिवार्य गरिएसगैँ उहाँहरुलाई नुवाकोट प्रशासनसम्म नै आउनुपर्ने बाध्यता हटाउनको लागी शिविर सञ्चालन गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

आगामी साउन १ गतेदेखि नयाँ आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता प्राप्तीको लागी नयाँ दर्ता र यसअघि पाइरहेकाले पनि नविकरण गर्नुपर्ने भएकाले पनि उहाँहरुलाई पनि शिविरमा आएर राष्ट्रिय परिचयपत्र आवेदन दर्ता गराउन भनिएको छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्ती सहित विभिन्न सरकारी कार्यमा अहिले राष्ट्रिय परिचयपत्र नं अनिवार्य गरिएकाले नुवाकोट प्रशासनले पालिकाहरुमा शिविर सञ्चालन गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web