नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले लिए देश र जनताका नाममा सपथ

साउन २०, २०७३ मा प्रकाशित | 821 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,साउन २० । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुको ३९ औं प्रधानमन्त्रीका रूपमा पद तथा गोपनियताको सपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा प्रचण्डलाई सपथ खुवाएकी हुन् । दाहालले देश र जनताका नाममा सपथ लिएका छन्। सपथ ग्रहण कार्यक्रममा दाहाल भादगाउँले टोपी, सर्ट,पाइन्ट र कोटमा सजिएका थिए।सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, सभामुख, प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु, &nbsp;कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए । प्रचण्ड यसअघि २०६५ सालमा पनि प्रधानमन्त्री बनेका थिए । उनी दुईपटकसम्म प्रधानमन्त्री बन्ने नेपालको पहिलो कम्युनिष्ट नेता बनेका छन् ।</span><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web