नुवाकोट । दुप्चेश्वर गाउँपालिकामा गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गतको १५ दिने व्युटिसियन तालिम प्रदान गरिएको छ ।
बगमती प्रदेश सामाजिक विकास मन्त्रालयसंगको सहकार्यमा दुप्चेश्वर गाउपालिकाको आयोजनामा गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गतको निवेदन दिएर छनोटमा परेका गृहिणी महिलालाई १५ दिने व्युटिसियन तालिम दिइएको हो ।
गत बैशाख १८ गते देखी सञ्चालन भएको व्युटिसियन तालिम आइतबार दुप्चेश्वर गाउपालिकाका अध्यक्ष शंकरबहादुर थापा र उपाध्यक्ष माकुरी तामाङको आतित्थ्यतामा समापन गरिएको हो ।
व्युटिसियन तालिमले महिलाहरुको सिप विकास भएर रोजगारको सिजर्ना गर्दै आर्थिक विकासमा सहयोग पुग्ने गाउपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बताउनुभयो ।
यस्तै, उपाध्यक्ष माकुरी तामाङले महिलाहरुलाई प्रदान गरिने सिप, शिक्षा र शसक्तिकरणले समुदाय रुपान्तरणमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा पनि महिलाहरुको क्षमता वृद्धिको लागि थप कार्यक्रमहरु सञ्चालन गर्ने गाँउपालिकाको लक्ष्य रहेको उहाँको भनाई छ ।
24.52¡ÆC