
नुवाकोट । बिश्व रक्तदाता दिवस-२०२५ को अवसरमा नुवाकोटको विभिन्न तीन विद्यालयमा विद्यार्थी लक्षित रक्तदाता उत्प्रेरणा सम्बन्धि अभिमुखिकरण कक्षा सञ्चालन गरिएको छ ।
बिश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि औपचारिक रुपमा बिश्व रक्तदाता दिवस मनाइन थालेसगैँ यस सम्बन्धि सचेतना तथा जागरण कार्यक्रम सञ्चालनको क्रममा नुवाकोटमा पनि तीन विद्यालयमा रक्तदाता उत्प्रेरणा सम्बन्धि अभिमुखिकरण गरिएको हो ।
जनस्वास्थ्य कार्यलय नुवाकोटको आयोजना तथा नेपाल रेड्क्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको सहजीकरणमा उत्प्रेरणा कक्षा सम्पन्न भएको छ । जिल्लाको चण्डेश्वरी मा.बि तुप्चे, क्षत्रपाल मा.बि चौघडा, महादेव मा.बि महादेवफाँटका १३० भन्दाबढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
रक्तदाता उत्प्रेरणा सम्बन्धि अभिमुखिकरणमा रक्तसञ्चारको संक्षिप्त्त इतिहास ,रक्त समूह,रगतको काम र महत्त्व ,रक्तदान गर्नुको फाइदा लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको छ । उक्त कक्षाले आफुलाई रक्तदान गर्न प्रेरित बनाएको सहभागी विद्यार्थीहरुले बताएका छन ।
कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका कार्यालय प्रमुख समुन्द्रबाबु अधिकारी र जनस्वास्थ्य कार्यलय नुवाकोटका सूचना अधिकारी कृष्ण रिजालले गर्नुभएको थियो ।
यस सम्बन्धि थप जानकारी :
विश्व रक्तदाता दिवस (World Blood Donor Day) हरेक वर्ष जुन १४ तारिखमा मनाइन्छ। यो दिवस रक्तदाता स्वयंसेवकहरूप्रति आभार व्यक्त गर्न र रक्तदानको महत्वबारे जनचेतना फैलाउन मनाइन्छ।
📌 मुख्य उद्देश्यहरू:
1. रक्तदान गर्ने व्यक्तिहरूप्रति धन्यवाद व्यक्त गर्ने।
2. नयाँ रक्तदाताहरूलाई प्रेरित गर्ने।
3. रक्तदान सुरक्षित, नियमित र स्वेच्छिक रूपमा गराउने वातावरण बनाउने।
4. रक्त आवश्यकतालाई सार्वजनिक स्वास्थ्यको प्राथमिकता बनाउने।
🩸 रक्तदान किन आवश्यक?
– दुर्घटना, सर्जरी, डेलिभरी, क्यान्सर वा थालासेमिया जस्ता रोगीलाई नियमित रक्त आवश्यक पर्छ।
– १ व्यस्कले दिएको १ पिन्ट रगतले ३ जनाको जीवन बचाउन सकिन्छ।
🌍 केही तथ्यहरू:
– सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन सुरु गरिएको हो।
– यो दिन *कार्ल ल्यान्डस्टाइनर*को जन्मदिन हो, जसले रक्त समूह पत्ता लगाएका थिए (ABO System)।
📣 २०२५ को नारा (थिम):
(नयाँ थिम प्रकाशित भएमा त्यसअनुसार अपडेट गर्न सकिन्छ; चाहनुहुन्छ भने म खोजेर दिन सक्छु।)
रक्तदान एक महान सेवा हो। यसले अरूको जीवन बचाउँछ र स्वयं दाताको स्वास्थ्य पनि निगरानीमा रहन्छ। तपाईं पनि नियमित रक्तदाता बन्न सक्नुहुन्छ : “रगत दिनुहोस्, जीवन बचाउनुहोस्।”
16.05¡ÆC