एयर इन्डिया विमान दुर्घटना : २ सय ४१ जनाको ज्यान गयो, १ जना बाँच्न सफल

जेष्ठ ३०, २०८२ मा प्रकाशित
Published at जेष्ठ ३०, २०८२

2947 views

काठमाडौँ । भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा दुई सय ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । हिजो दुई सय ४२ जना यात्रु बोकेर वेलायतको लागि उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान उडान भरेको केही समयमै आवासीय क्षेत्रमा दुर्घटना भएको हो ।

दुर्घटनामा एक जना वेलायती नागरिकबाहेक अरू सबैको ज्यान गएको एयर इन्डियाले पुष्टि गरेको छ । दुर्घटनामा बाँच्न सफल विश्वास कुमार रमेशको अस्पतालमा उपचार भइरहेको छ । विमानको सिट नम्बर ११ए मा बसेका भारतीय मूलका बेलायती नागरिक रमेश दुर्घटनाबाट जोगिनुभएको हो । उहाँको भिडियो र बोर्डिङ पास पनि सार्वजनिक भएको छ ।

उहाँलाई भारतका गृहमन्त्रीले अस्पतालमा भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ । दुर्घटनाग्रस्त एयर इन्डियाको उडानमा एक सय ६९ भारतीय नागरिक, ५३ बेलायती, सात पोर्चुगलका नागरिक र एक क्यानेडियन नागरिक थिए ।

यसैबीच टाटा समूहले आफ्नो कम्पनी एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ राहत दिने घोषणा गरेको छ । टाटा समूहले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.