सानो मन्त्रिपरिषद आज, कांग्रेस र माओवादीलाई २२ मन्त्रालय , ६ अन्य दललाई

साउन २०, २०७३ मा प्रकाशित | 631 views

काठमाडौं,साउन २० । कांग्रेस र माओवादीबीच बिहीवार नै सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी भएको छ। मन्त्रालयको भागबण्डा टुंगिए पनि मन्त्री छान्न पार्टीभित्रको आन्तरिक गृहकार्य नभएको कारण जनाउँदै सानो आकारको बनाउने तयारी गरिएको छ।  कांग्रेसले पार्टीका तर्फबाट विमलेन्द्र निधिको नेतृत्वमा तीन सदस्यय पठाउने तयारी गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा नेतृत्वसहित तीनजनालाई सरकारमा पठाउन लागेको आफू निकट नेतालाई जानकारी गराए पनि निधिबाहेक अरुको नाम तय गरिसकेका छैनन्। कान्तिपुर दैनिकमा समाचार छ।

पहिलो चरणमा कांग्रेसबाट अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, रमेश लेखकमध्येबाट मन्त्री बन्ने सम्भावना छ। निधिलाई उपप्रधानमन्त्री बनाएर नेतृत्वमा पठाइने भएपछि केसीले आफूले गृह मन्त्रालय पाउनु पर्ने दाबी गरेका छन्। तर, देउवाले निधिलाई गृहसहित नेतृत्वमा पठाउने तयारीमा छन्। केसीलाई स्थानीय विकास र कोइरालालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने मनस्थितिमा छन्। परराष्ट्र नपाए आफू सरकारमै नजाने धारणा कोइरालाले राखेका छन्।

माओवादी केन्द्रको बिहीबार बिहान बस्ने हेडक्वार्टर बैठकले आफ्नो पार्टीबाट मन्त्रीमा जानेहरुको नाम छनोट गर्ने भएको छ। पहिलो चरणमा माओवादीबाट मन्त्री हुनेमा कृष्णबहादुर महरा, जनार्दन शर्र्मा, राम कार्की, हितराज पाण्डे, प्रभु साहलगायतको नाम चर्चामा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web