महासचिव टेन्डी शेर्पाद्धारा केन्पो टोलीको बिदाइ

साउन १९, २०७३ मा प्रकाशित | 763 views

काठमाडौं,साउन १९ । ४० औं विश्व केन्पो च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली बिहीबार जापानको हामामाचु प्रस्थान गर्दैछ । समिप बराल, तिलकबहादुर कार्की, संघर्ष चपाईं, सौगात शर्मा, प्रथमा थापा, प्रथम थापा, खगेन पुन तथा विपिन आचार्यले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

अफिसियलमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल तथा प्रशिक्षकमा नराज खड्का रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले सातदोबाटोमा बिदाइ गरे । हामामाचुमै भएको गत संस्करणमा नेपालले ३ स्वर्ण र १ रजत पदक जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web