अध्यक्ष अधिकारीबाट ६ नं मा कालोपत्रे सहित स्तरउन्नती भइरहेका दुई सडकको अवलोकन

जेष्ठ १५, २०८२ मा प्रकाशित | 361 views


नुवाकोट । तारकेश्वर गाँउपालिकाको अध्यक्ष शिव अधिकारी (अबिरल)ले वडा नं ६ मा स्तरउन्नती सहित कालोपत्रे भइरहेको दुई सडकको अवलोकन एंव निरीक्षण गर्नुभएको छ ।

निर्माणको अन्तिम चरणमा पुगेको भिरपानी–कुवापानी हुँदै मझुवा–भमरा जोड्ने सडक र मझुवा–वडा कार्यालय–हल्ले–भमरा–डाँडाखर्क सडकको कालोपत्रे र ढलान सहित स्तरोन्नति कार्यको पालिका अध्यक्ष अधिकारीले प्राविधिक, सम्बन्धित वडाका जनप्रतिनिधि, स्थानीय लाभग्राही बासिन्दालाई साथ लिएर स्थलगत अध्ययन, अवलोकन एंव निरीक्षण गर्नुभएको हो । अहिले कालोपत्रे र ढलानको काम जारी रहेका उक्त दुईवटै योजनाको कार्य तोकिए अनुसार रहेको निरीक्षणको क्रममा पाइएको छ ।

तारकेश्वर–६ को भिरपानी–कुवापानी हुँदै मझुवा–भमरा जोड्ने सडक कालोपत्रे र ढलान सहित स्तरोन्नतिको लागी गाउँपालिकाले विनियोजन गरेको १ करोड र संघीय सरकारबाट प्राप्त थप १ करोड गरी २ करोडको लागतमा सडकको स्तरोन्नति भइरहेको छ । गएको आर्थिक वर्षबाट सुरु भएको स्तरउन्नती सहितको ढलान र कालोपत्रे गर्ने कार्यलाई यही महिनाभित्र सम्पन्न गर्नको लागी अध्यक्ष अधिकारीले निर्देशन दिनुभएको छ ।

यस्तै, तारकेश्वर–६ स्थित मझुवा–वडा कार्यालय–हल्ले–भमरा–डाँडाखर्क सडकको कालोपत्रे र ढलानसहितको स्तरोन्नतिको काम पनि यही महिना भित्र सम्पन्न गर्नको लागी अध्यक्ष अधिकारीले निर्देशन दिनुभयो । यस सडकमा प्रदेश सरकारको १ करोड र गाउँपालिकाको थप १ करोड समेत गरी २ करोड लागतमा काम भइरहेको हो ।

माथिल्ला सरकारसंगको सहकार्यमा प्राप्त भएको बजेट कार्यान्वयनको क्रममा योजनाको अवलोकनको लागी पुग्नु भएका अध्यक्ष अधिकारीले वडा नं ६ मा अहिले पनि ६ करोड रुपैयाँको पूर्वाधार विकासका काम भइरहेकाले आगामी आर्थिक वर्षलाई थप बजेट ल्याउनको लागी आफू लागिरहेको जानकारी दिनुभयो ।

वडा नं ६ का सम्पूर्ण सडकलाई कालोपत्रे बनाउने लक्ष्यको साथ थप चार करोड बजेट आवश्यक पर्ने भएकाले त्यसको श्रोत जुटाउन एंव बजेट ल्याउनको लागी अहिले पनि माथिल्ला तहका सरकारसंग आफूले पहल गरिरहेको उहाँको भनाई छ ।

योजनाको अनुमगनको क्रममा पुग्नुभएका अध्यक्ष अधिकारीले ६ नं वडाबासी विशेष गरेर ज्येष्ठ नागरिक, महिला, युवाहरुसंग छुट्टाछट्टै भेट गर्दै पालिकाको सेवा प्रवाह, कार्यसम्पादनका विषयमा जानकारी गराउदै सुझाब तथा सल्लाह समेत लिनुभयो । उहाँले ६ नं वडामा अहिले सञ्चालनमा रहेका योजना कार्यान्वयनमा चनाखो भएर अनुगमन गर्न सजग गराउदै आवश्यकताको आधारमा योजना तथा कार्यक्रम बिनियोजन गरेर जनताको स–साना समस्यलाई समेत आफूले सम्बोधनमा चासो दिदै आएकाले सोही अनुसार पालिकाबासीको सेवामा खटिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web