आईपीएल क्रिकेटमा पन्जाबले मुम्बईलाई ७ विकेटले हरायो

जेष्ठ १३, २०८२ मा प्रकाशित | 253 views


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै पन्जाब किङ्ग्सले शीर्ष–२ मा लिग चरणको अन्त्य गरेको छ ।

हिजो भएको खेलमा १ सय ८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर जीत निकालेको हो । पन्जाबका ओपनर प्रियान्स आर्य र जोस इङलिसले अर्धशतक बनाए ।

मुम्बईका मिचेल सान्टनेरले २ र जसप्रति बुमराहले १ विकेट लिए । जयपुरमा पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

मुम्बईका सूर्यकुमार यादवले अर्धशतक बनाए । पन्जाबका मार्को यानसन, अर्शदिप सिंह र विजयकुमार वैशाखले समान २ तथा हरप्रित ब्रारले १ विकेट लिए ।

लिग चरणको अन्तिम खेलमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) र लखनउ सुपर जायन्ट्स खेल्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web